माओवादीका वडा कमिटि उपाध्यक्ष र सदस्य काँग्रेसमा प्रवेश

माओवादीका वडा कमिटि उपाध्यक्ष र सदस्य काँग्रेसमा प्रवेश

मुसिकोट । नेकपा माओवादीका वडा कमिटि उपाध्यक्ष र सदस्य नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र मुसिकोट नगरपालिका वडा न ९ वडा कमिटी उपाध्यक्ष एक्क परियार र सदस्य राजु परियार माओवादी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको नेपाली काँग्रेस मुसिकोट नगर समिति सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

नवप्रवेशी दुबैजनालाई नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र के सी, जिल्ला सदस्य नरजङ्ग ओली, मुसिकोट नगर सभापति प्रेम बहादुर ओली, नगर सचिव सुर्य प्रकाश शर्मा, प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष टेक बहादुर नेपाली लगायतले स्वागत गर्नुभएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार