डेकेन्द्र थापा पत्रकारिता पुरस्कार पत्रकार हिरा परियारलाई प्रदान

डेकेन्द्र थापा पत्रकारिता पुरस्कार पत्रकार हिरा परियारलाई प्रदान

पुरस्कार ग्रहण गर्दै पत्रकार हिरा परियार ।

रुकुम पश्चिमकी पत्रकार हिरा परियारलाई यस बर्षको डेकेन्द्र थापा पत्रकारिता पुरस्कार-२०७८ प्रदान गरिएको छ ।

शुक्रबार पोखरामा जारी प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको अवसरमा पत्रकार परियारलाई डेकेन्द्र थापा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार परियारलाई पुरस्कार सहित सम्मान गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ रुकुम शाखा सचिब एवं ग्यालेक्सी टेलिभिजनमा कार्यरत पत्रकार परियार विगत ६ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ प्रेस चौतारी रुकुम पश्चिमको अध्यक्ष हुनुहुन्छ ।

माओवादी सशस्त्र द्वन्द्वको समयमा दैलेखका ​स्वर्गीय पत्रकार थापाको हत्या भएको थियो। २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले मरणासन्न हुनेगरी कुटेर  थापाको हत्या गरेका थिए।

दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई मुहान मर्मतका लागि जाने बेला २०६१ असार १२ गते माओवादीले अपहरण गरेका थिए। अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो।

यस्तै पत्रकार परियार सहित ११ पत्रकारलाई चौतारीले पोखरामा आयोजित नवौं महाधिवेशनको उद्घाटन समारोहका बिच पुरस्कृत गरेको हो । महाधिवेनमा २ बर्षको पुरस्कार एकै पटक प्रदान गरेको हो । २०७७ अन्तर्गत हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पूर्वअध्यक्ष राजेन्द्र अर्याल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सुनसरीका कृष्णविनोद लम्साल, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट गोरखापत्रका केपी गौतम पनि सम्मानित हुनुभएको छ । पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरका अब्लुल्लाह मियाँ पुरस्कृत हुनुभएको हो ।

२०७८ अन्तर्गत हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पूर्वअध्यक्ष गगन विष्ट सम्मानित भए। अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारबाट राजनीतिक विश्लेषक झलक सुवेदी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट पर्साका अनुप तिवारी पुरस्कृत , प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट कैलालीका शिवराज भट्ट र चन्द्र न्यौपाने‚ शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट कास्कीका शान्ति गुरुङ पुरस्कृत भएका हुन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार