प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले ल्यायो तरंग

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले ल्यायो तरंग

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो।

माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ।

गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा कमाइरहेको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।

चुनाव नजिकिएको बेला माओवादी पार्टीको विरोध गरेको भनेर केहीले यसको विरोध गरेका हुन् भने केहीले भने यसले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।

तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।

भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ।

भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन्।

आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन्। गीतमा प्रकाश सपुतको नै शब्द र संगीत रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार