घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण

घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण

मुसीकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार युनिसेफ नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा मुसिकोट नगरपालिकाको समन्वयमा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका सिविस नेपालले घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमसँग सम्बद्ध गुनासो सुनुवाई समितिका पदाधिकारीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरुमा सेवाग्राहीहरुबाट घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रममा आउने गरेका गुनासोहरुको अभिलेख तयार पार्ने र त्यसको समाधानका लागि गुनासो सुनुवाई समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, वडा नम्बर १, ४, ५, ९, ११, १२ र १३ का अध्यक्ष, कार्यपालिका सदस्य एबं महिला सदस्य तथा वडा सचिव र पञ्जिकरण शाखाका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक पुष्कर काफ्ले, लेखा अधिकृत किशोर पाण्डे र सिविस नेपालका परियोजना संयोजक उमङ्ग मैनालीले गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन सिविस नेपालका सामाजिक परिचालन अधिकृत गणेश कुमार खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार