बेपत्ता तीन बालबालिकामध्ये एक जनाको शव भेटियो

बेपत्ता तीन बालबालिकामध्ये एक जनाको शव भेटियो

सांकेतिक तस्बिर

भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकामध्ये एक जना बालकको शव भेटिएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित भेरी पुलनजिकै आज एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

ती बालकको सनाखत भएको छ। मृत भेटिएका बालक लेकवेंशी नगरपालिका-२ का ८ वर्षीय दिनेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जनाकारी दिए।

उनका अनुसार शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने प्रक्रिया चलिरहेको छ।

फागुन २८ गते सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा दिनेशसहित भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली पनि बेपत्ता भएका थिए।

खड्का र सिंजाली अझसम्म पनि भेटिएका छैनन्। दुई जनाको खोजी कार्य जारी राखेको डिएसपी घर्तीले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार