मुसीकोटमा ८ जना विदेशी पर्यटकलाई स्वागत

मुसीकोटमा ८ जना विदेशी पर्यटकलाई स्वागत

बालमन्दिरमा विदेशी पर्यटकलाई स्वागत गर्दै ।

मुसीकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा विदेशी पर्यटकलाई बाजागाजा सहितको सांस्कृतिक झाँकीले स्वागत गरिएको छ ।

रुकुम पश्चिम र रुकुम पूर्वका पर्यटकीय क्षेत्र तथा ग्रामीण बस्तीको भ्रमणमा आएका ८ जना इटालियन नागरिकलाई खलङ्गा बजार परिक्रमा गरेर स्वागत गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ र नेपाल पर्यटन सूचना केन्द्र रुकुमको समन्वयमा पहिलो पटक रुकुम भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गरिएको सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले बताउनुभयो ।

उहाँका अनुसार विदेशी पर्यटकहरुले १३ दिनसम्म दुई वटै जिल्लाका ताल तलैया, उच्च हिमाल क्षेत्र तथा ग्रामीण बस्तीको अवलोकन गर्ने भएका छन् ।

यस्तै भ्रमणका लागि रुकुम आएका विदेशी पर्यटकले अनाथ बालबालिका तथा ग्रामीण क्षेत्रको शैक्षिक अवस्थालाई बुझेर आर्थिक सहयोग समेत गर्ने बताइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार