रुकुम पूर्वमा निःशुल्क स्वास्थ्य शिविर

रुकुम पूर्वमा निःशुल्क स्वास्थ्य शिविर

रुकुमकोट । रुकुम पूर्वमा एक दिने विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वको समन्वय तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा रुकुम पूर्व अस्पतालमा शिविर आयोजना भएको थियो ।

सो अवसरमा १४१ महिला र २७ जना पुरुष गरि १६८ जनाले विभिन्न सेवाहरु लिएका छन् । आयोजकका अनुसार नाक, कान, घाँटीको ६३ जना, बाल रोगको १९ जना, स्त्रि रोगको ६९ जनाले सेवा लिएका छन् । यस्तै ७१ जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।

शिविरमा नाक, कान, घाँटी, बाल रोग र स्त्री रोग सम्बन्धि सेवा प्रदान गरिएको छ ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टरहरु स्त्रि तथा महिला रोग विशेषज्ञ डाक्टर नविन तिरुवा, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज चाँपागाइ, रेडियोलोजिस्ट डाक्टर सगुन मानन्धर र बाल रोग विशेषज्ञ डाक्टर सन्दिप शाक्यले सेवा प्रदान गर्नुभएको थियो ।

मंगलबार शिविरको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले उद्धघाटन गर्नुभएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का र डिएसपी गणेशबहादुर श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार