पत्रकार हिरा परियारलाई ‘स्व.उमा सिंह पत्रकारिता पुरस्कार’ प्रदान

पत्रकार हिरा परियारलाई ‘स्व.उमा सिंह पत्रकारिता पुरस्कार’ प्रदान

सञ्चारिका समूह नेपालले गत वर्षको ‘स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिमकी पत्रकार हिरा परियारलाई प्रदान गरेको छ ।

समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा शुक्रबार  उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कार प्रदान गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ रुकुम शाखा सचिब एवं ग्यालेक्सी टेलिभिजनमा कार्यरत पत्रकार परियार विगत ६ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ प्रेस चौतारी रुकुम पश्चिमको अध्यक्ष हुनुहुन्छ ।

यस्तै  सञ्चारिका समूह नेपालले गत वर्षको ‘सञ्चारिका समानता पुरस्कार’ कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्रदान गरेको छ । समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार पुरस्कार प्रदान गरे ।

कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानुले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

२०७७ भदौ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित उक्त फिचर कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण अस्पताल पुग्न नसक्दा ज्यान गुमाउन बाध्य गर्भवती तथा सुत्केरी महिलाका विषयमा केन्द्रित थियो ।

यस्तै मनिका विश्वकर्मा र सीतादेवी पोखरेल (मिनु) ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’बाट सम्मानित भएका छन् । यस्तै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएका छन् ।

यस्तै ‘सञ्चारिका समानता पुरस्कार २०७६’ भने मुना कुँवरलाई प्रदान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार