मुसिकोट । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) रुकुम पश्चिमको नवौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
सोमबार मदन आश्रीत स्मृती भवन बागबजारमा भएको अधिबेशनबाट तुलसा मल्लको अध्यक्षतामा अखिल नेपाल महिला संघ रुकुम पश्चिमको नयाँ जिल्ला कमिटि गठन गरिएको छ ।
४१ सदस्यीय नयाँ कमिटिको उपाध्यक्षमा कृष्णा कुमारी मल्ल र बिमला शाह, सचिवमा भद्रा कुमारी खडका, सहसचिवमा लक्ष्मी बिष्ट र कोषाध्यक्षमा देउमा पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
अधिबेशनमा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य डण्डी कार्की, एमालेका केन्द्रीय सल्लाहकार सदस्य गोविन्द केसी, कर्णाली प्रदेश कमिटी सदस्यहरु नारायण कुमार शाह, टंक ओली, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, उपाध्यक्ष मनबीर घर्ती, महिला फाँट इन्चार्ज ब्युँझना पुन, अनेमसंघ रुकुमकी संस्थापक सचिव हिरा शर्मा लगायतका नेताहरुको आथित्यता रहेको थियो ।


 
					
							 
			 
                             
                             
                             
                             
                            