माओवादी केन्द्रमा प्रबेश गरेका विनराज कांग्रेसमा फर्किए

माओवादी केन्द्रमा प्रबेश गरेका विनराज कांग्रेसमा फर्किए

मुसीकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का विनराज विक नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । मंगलबार नेपाली कांग्रेसबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका विनराज बुधबार पुन: नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सचिव देब बहादुर कुसारी, पुर्व क्षेत्रिय सचिब लोकेन्द्र खनाल क्षेत्रिय प्रतिनिधि पृथ्वीनारायण कुसारी नेपाली कांग्रेस बाँफिकोट ६ का सभापति तिर्थे खत्री लगायतका नेताहरुले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

नबप्रबेशी विनराजले नेकपा माओवादी केन्द्रका नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छोडेको बताउनु भयो।

आफुलाई नेकपा माओवादी केन्द्रले झुटा आश्वासनमा झुक्याएर प्रवेश गराएको भन्दै यस्ता झुटा कुराका पछि नलाग्न सबै कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार