रुकुम पश्चिममा सत्ता गठबन्धन संयन्त्रको बैठक सुरु

रुकुम पश्चिममा सत्ता गठबन्धन संयन्त्रको बैठक सुरु

फाईल तस्बीर ।

मुसीकोट । रुकुम पश्चिमस्थित सत्ता गठबन्धन संयन्त्रको तेस्रो बैठक मुसीकोटमा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभा कक्षमा बसेको बैठकले जिल्लामा दलगत मतभारको विश्लेषण गरी केन्द्रमा प्रतिवेदन पठाउने निर्णय गर्ने कार्यसूची रहेको छ ।

आईतबार मुसीकोटमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका विज्ञानको अध्यक्षतामा बसेको बैठकले सत्ता गठबन्धनमा रहेका र गठबन्धन बाहिर रहेका दलहरुको मतभारको विश्लेषण सहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको थियो।

प्रतिवेदनको मस्यौदा तयार गर्न माओवादी केन्द्रका गोविन्द रोका, नेपाली काँग्रेसका यज्ञ विष्ट, एकीकृत समाजवादीका हरिप्रसाद शर्मा र जसपा नेपालका अमर ओलीलाई जिम्मा दिइएको थियो । गबन्धन संयन्त्रको आजको बैठकले उक्त प्रतिवेदन माथि छलफल गरी अन्तिम रुप दिएर केन्द्रमा पठाउने तयारी रहेको छ ।

सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको चैत्र १७ गते बसेको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा पार्टी प्रमुखहरु रहेको गठबन्धन संयन्त्र बनाउने निर्णय गरे अनुसार रुकुम पश्चिममा लगातार बैठक बसिरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार