माओवादी केन्द्र बाँफिकोटले वडाध्यक्षका उम्मेदवारहरुको टुंगो लगायो

माओवादी केन्द्र बाँफिकोटले वडाध्यक्षका उम्मेदवारहरुको टुंगो लगायो

मुसिकोट । नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँ कमिटिले वडाध्यक्षका उम्मेदवारहरुको टुंगो लगाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी बाँफिकोटले १० वटै वडाका अध्यक्ष छनौट गरी पार्टीको जिल्ला समन्वय समितिमा सिफारिस गरको छ ।

माओवादीले वडा नम्बर १ मा धनबहादुर खड्का, २ मा मञ्जित नाथ, ३ मा तिलबिर केसी, ४ शेरबहादुर ओली, ५ मा दक्ष पुन, ६ मा मनोजकुमार अधिकारी, ७ मा नरबहादुर खत्री, ८ मा मनवहादुर केसी, ९ मा जोगबहादुर चन्द र १० मा हरि चन्दलाई सिफारिस गरेको हो ।

सबै वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवारहरुको टुंगो लगाएको नेकपा माओवादी केन्द्र बाँफिकोटका संयोजक धर्मबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको भने यसअघि नै टुंगो लागिसकेको छ । अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्ष तारा बुढा केसीलाई सिफारिस गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार