जसपा रुकुम पश्चिमले मेयर र अध्यक्षका उम्मेदवारहरूको टुंगो लगायो

जसपा रुकुम पश्चिमले मेयर र अध्यक्षका उम्मेदवारहरूको टुंगो लगायो

मुसिकोट । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) रुकुम पश्चिमले नगर प्रमुख र गाउँपालिका अध्यक्षहरु सिफारिस गरेको छ ।

शुक्रबार बसेको जनता समाजवादी (जसपा) रुकुम पश्चिमको बैठकले नगर प्रमुख र अध्यक्षको नाम मात्र टुंगो लगाई कर्णाली प्रदेशमा सिफारिस गरेको छ । जसपा रुकुम पश्चिमका जिल्ला अध्यक्ष पर्शाराम खत्रीका अनुसार बाँकी उप-प्रमुख र उपाध्यक्षको पनि छिटै टुंगो लगाई सिफारिस गरिने बताउनु भयो ।

उहाँका अनुसार जसपाको तर्फबाट मुसीकोट नगरपालिकाको प्रमुखका लागि प्रेम बोहरा र हेमराज बोहरालाई सिफारिस गरेको छ ।

चौरजहारी नगरपालिकामा पर्शाराम खत्री, कुलबहादुर बिष्ट, नारायण गिरी, प्रेम आचार्य र आठबीसकोट नगरपालिकाबाट नवराज बुढालाई नगर प्रमुखका रुपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

यस्तै बाँफिकोट गाउँपालिका अध्यक्षमा शरुण बाँठामगर, त्रिवेणी गाउँपालिका अध्यक्षमा अमर ओली, दलबहादुर घर्ती, तारा घर्ती, देविलाल ओली र सानीभेरीको अध्यक्षका लागि टेकम बाँठामगर, भरत खत्री र मिमकुमार ओलीको नाम सिफारिस गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार