चौरजहारी नगरपालिकाको मेयरमा पुष्प र उपमेयरमा इश्वरीको मनोनयन दर्ता

चौरजहारी नगरपालिकाको मेयरमा पुष्प र उपमेयरमा इश्वरीको मनोनयन दर्ता

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।  मेयरमा पुष्प वादी र उपमेयरमा इश्वरीकुमारी शर्मा विएमले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेता, कार्यकर्ता सहितको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पुष्प  वादी र इश्वरीकुमारी शर्मा विएमले उम्मेदवारी दर्ता गराउनु भएको हो । अहिले वडाध्यक्ष तथा वडा सदस्यको उम्मेदवारी दर्ताको कार्यालय चलिरहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सम्म चौरजहारीमा नगरपालिकाको प्रमुखमा उपप्रमुखमा माओवादी केन्द्रले मात्रै उम्मेवादरी दर्ता गराएको छ । त्यसपछि कांग्रेस, एमाले र समाजवादीले उम्मेदवारी दिने गरी बताइएको छ ।

कांग्रेसबाट प्रमुखमा प्रेमबहादुर ओली र उपप्रमुखमा दिपा डाँगी खड्काको उम्मेदवार हुने बताइएको छ । यस्तै नेकपा एमालेबाट प्रमुखमा टंकप्रसाद ओली र उपप्रमुखमा डण्डी कार्की तथा एकीकृत समाजवादीको तर्फबाट प्रमुखमा पुस्तक चन्द र उप्रमुखमा शुशिला गिरीलाई अघि सारिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार