चौरजहारीको मेयरमा प्रेम बहादुर र उपमेयरमा दिपाको मनोनयन दर्ता

चौरजहारीको मेयरमा प्रेम बहादुर र उपमेयरमा दिपाको मनोनयन दर्ता

मुसिकोट । नेपाली काँग्रेसको तर्फबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर पदमा प्रेम बहादुर ओलीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सत्तारुढ दलहरु बिच सहमति नजुटेपछि नेपाली काँग्रेसको तर्फबाट मेयरमा ओलीले र उपमेयर पदमा दिपा डाँगी खड्काले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

आज नेता तथा कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरुले मनोनयन दर्ता गराउनुभएको हो । नगर प्रमुखका उम्मेदवार ओलीको समर्थकमा भद्र बहादुर बिष्ट र प्रस्तावकमा खड्क डांगी रहनुभएको छ ।

त्यसैगरी उपमेयर पदमा दिपा डाँगी खड्काको समर्थन राम प्रकाश चन्द र अनिता घर्ती पुन प्रस्ताबमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।  सबै वडा अध्यक्ष र वडा सदस्यमा पनि उम्मेदवारी दर्ता भइसकेको छ ।

चौरजहारीमा यसअघि यो नगरमा माओवादीका पुष्प वादीले प्रमुख र ईश्वरीकुमारी शर्मा विएमले उपप्रमुखमा उम्मेदवारी दिइसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार