बाँफिकोटमा माओवादीको आक्रमणबाट कांग्रेस सभापति सहित ४ घाईते

बाँफिकोटमा माओवादीको आक्रमणबाट कांग्रेस सभापति सहित ४ घाईते

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले नेपाली काँग्रेस कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन् ।

सोमबार राति नौ बजे घरमा बसिरहेको समयमा माओवादी कार्यकर्ताहरुले घेराबन्दी गरेर आक्रमण गर्दा चार जना काँग्रेस कार्यकर्ताहरु घाइते भएका हुन ।

घाइते हुनेमा नेपाली काँग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडा सभापति सुर्य प्रकाश मल्ल ,वडा सदस्य मित्रलाल ओली, राजेश केसी, हुपजंग बोहरा घाइते रहेका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ ।

यस्तै काँग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्रीलाई समेत माओवादीहरुले आक्रमण गरेको बताइएको छ । राति सशस्त्र प्रहरी घटना भएको ठाउँमा पुगेपछि माओवादी केन्द्रका कार्यकर्ताहरु भागेको काँग्रेसले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार