५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाईदै

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाईदै

सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप लगाउने जानकारी जानकारी दिनुभयो ।

मन्त्री खतिवडाका अनुसार सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको गरी खोप अभियान सञ्चालन गरिने भएको हो ।

बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

खोप सुरक्षित र प्रभावकारी भएकोले सबै अभिभावकलाई निर्धक भएर बालबालिकालाई खोप लगाउन मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।

बालबालिकाहरुलाई खोप लगाउन सरकारले विद्यालयमानै खोप केन्द्र तोकेको छ । यसको लागि संघदेखि स्थानिय तहसम्म खोप कार्यक्रम सञ्चालन गर्न युएस आइडिले सहयोग गरेको मन्त्री खतिवडाले बताउनुभयो ।

कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप आउने स्वास्थ्य सेवा विभागअन्तर्गतक आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढेको थियो । नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म चार करोड ३४ लाख ४६ हजार ५०८ मात्रा खोप लगाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार