दैलेख जिसस प्रमुखमा कांग्रेसबाट बागी उम्मेदवार दिएका शाही निर्वाचित

दैलेख जिसस प्रमुखमा कांग्रेसबाट बागी उम्मेदवार दिएका शाही निर्वाचित

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसबाट बागी उम्मेदवार निर्वाचित भएका छन्। आज भएको जिससको निर्वाचनमा बागी उम्मेदवार नमराज शाही समन्वय प्रमुखमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसका जिल्ला उपसभापतिसमेत रहनुभएका शाही नेकपा एमालेको सहयोगमा समन्वय प्रमुख बन्नुभएको हो ।

एमालेसँग भएका १० वटा मतसहित शाहीले १३ मत ल्याउनु भएको थियो । गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपप्रमुखमा एमालेका केशवबहादुर शाही ११ मतसहित निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार शान्ति शाहीले १० मत प्राप्त गर्नुभएको थियो ।

महिला सदस्यमा नेकपा ९एस० का कविताकुमारी गिरी, कोकिलाकुमारी खड्का र पूर्ण विक निर्वाचित हुनुभएको छ । दलित सदस्यमा माओवादी केन्द्रका तुल्सा विक निर्वाचित हुनुभएको छ ।

यस्तै खुला सदस्यहरूमा नेपाली कांग्रेसका अड्गबहादुर शाही, माओवादी केन्द्रका पत्तबहादुर डाँगी र बागी उम्मेदवार डिलबहादुर शाही निर्वाचित हुनुभएको हो ।

जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन गरिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार