जुम्लामा पहिरोले पुरेर सात जनाको मृत्यु

जुम्लामा पहिरोले पुरेर सात जनाको मृत्यु

जुम्लामा पहिरोले पुरेर सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले पुर्दा ७ जनाको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमूली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीय श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षीय छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको मृत्यु भएको छ ।

सो घटनामा स्थानीय सरस्वती हमाल गम्भीर घाइते भएकी छन् । यस्तै रामबहादुर हमाल घाइते भएका छन् । उपचारका लागि घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै प्रहरीका अनुसार अविरल परिरहेको वर्षाका कारण आएको बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा-छोरा बगेर बेपत्ता भएका छन् ।

हिमा गाउँपालिका ३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीय सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार