रुकुम पश्चिममा माओवादीद्धारा उम्मेदवारी दर्ता

रुकुम पश्चिममा माओवादीद्धारा उम्मेदवारी दर्ता

मुसिकोट । आगामी मंसिर ४ गते हुने संघीय सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले उम्मेदवारी दर्ता गरेको छ ।

आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी दर्ता गराएको हो ।

प्रतिनिधि सभा निर्वाचनको लागि जनार्दन शर्मालेको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताउनुभयो ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा महेन्द्र केसीले मनोनयन दर्ता गर्नुभएको छ भने क्षेत्र नम्बर ‘ख’ मा राजकुमार शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार