रुकुम पश्चिममा कांग्रेसले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो

रुकुम पश्चिममा कांग्रेसले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

सत्तारूढ गठनबन्धनमा कुरा नमिले पछि कांग्रेसले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

प्रतिनिधी सभा सदस्यको लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपालीको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा नेपाली कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीको उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार