बैशाख १२ दाङ
आफ्नो फेसबुकमार्फत जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिने दाङको गढ्वा गाउँपालिका वडा नं ६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको छ ।
उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । पुनले आफ्नो फेसबुकमा ‘लकडाउनको सदुपयोग गरायौँ, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए ।
फेसबुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजनल वन प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।