रुकुम (पूर्व) मा गठबन्धनको निर्णय नमान्ने माओवादी नेता कारबाहिमा

रुकुम (पूर्व) मा गठबन्धनको निर्णय नमान्ने माओवादी नेता कारबाहिमा

रुकुमकोट । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनामा सत्ता गठबन्धनको निर्णय नमान्ने नेकपा माओवादी केन्द्र रुकुम (पूर्व) का नेताहरुलाई कारबाही गरिएको छ ।

गठबन्धनको निर्णय विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेदवार र उनका समर्थकलाई माओवादी केन्द्रले पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगर, प्रदेश सचिवालय सदस्य पुनिराज घर्ती, प्रदेश सदस्यहरु सुरुल पुन, संगम रोका, तथा सिस्ने गाउँपालिका समिति सचिवालय सदस्य चन्द्रराज झाक्री, विद्यार्थी नेता केशव रावल, जिल्ला समन्वय समिति सदस्य कालीप्रसाद रोकालाई कारबाही गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

रुकुम (पूर्व) मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर घर्ती, प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा नेपाली काग्रेसको तर्फबाट धनबहादुर केसी चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि कैलाश कुमार मल्ल, प्रदेश सभा (क) बाट तेजेन्द्र बुढामगर  र प्रदेश सभा (ख) बाट भावना बुढाथोकी रहेकी छन्। यसैगरी राप्रपाबाट प्रतिनिधि सभा सदस्यका लागि खिमबहादुर खत्री र प्रदेश सभा (ख) बाट केशव चन्द्र समाल चुनावी प्रतिस्पर्धामा रहेका हुन।

मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधि सभा सदस्यका लागि रतनबहादुर बुढा, प्रदेश सभा (क) बाट पुरा पुन र प्रदेश सभा (ख) बाट लेखन बुढा, नेश्नालिष्ट पिपुल्स पार्टीबाट प्रतिनिधि सभामा बलबहादुर बुढा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यस्तै प्रतिनिधि सभामा चन्द्रराज झाँक्री मगर, प्रदेश सभा (क) बाट सुरुल पुन मगर र दुतकुमार पुन मगर (गुमाने) र प्रदेश सभा (ख) बाट केशव रावल, नरहरि खड्का र पूर्णजंङ सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार