रुकुम पूर्व प्रदेश (ख) का गठबन्धनका उम्मेदवार केसी काँडामा

रुकुम पूर्व प्रदेश (ख) का गठबन्धनका उम्मेदवार केसी काँडामा

रुकुमकोट । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै रुकुम पूर्वमा सत्ता गठबन्धन तर्फका उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् ।

जस अन्तर्गत गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसीले बुधबार रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्वर ४ काँडाका विभिन्न टोलहरुमा पुगेर घरदैलो र भेटघाट गर्नुभएको छ ।

गाउँ पुगेका केसीलाई स्थानीयहरुले गाजाबाजा सहित स्वागत गरेका थिए ।

भेटघाट कार्यक्रममा उम्मेदवार केसी आफु गठबन्धनको साझा उम्मेदवार रहेकोले सबै मतदाताहरुलाई संविधानको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभएको छ ।

जिल्लाको समृद्धि र विकासलाई सवै ठाउँ र वर्गका जनता सामु पुर्याउन गठबन्धनका उम्मेद्धवारलाई जिताउनुको विकल्प नभएको उहाँहरुको भनाई छ ।

घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादीका कार्यकर्ताको सहभागीता रहेको थियो ।

रुकुम पूर्वमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रबाट पूर्ण बहादुर घर्ती, प्रदेश सभा (क) बाट नेकपा माओवादी केन्द्रकै तेजबहादुर ओली (प्रतीक) र प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसी रहेका छन्।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि कैलाश कुमार मल्ल, प्रदेश सभा (क) बाट तेजेन्द्र बुढामगर  र प्रदेश सभा (ख) बाट भावना बुढाथोकी रहेकी छन्। यसैगरी राप्रपाबाट प्रतिनिधि सभा सदस्यका लागि खिमबहादुर खत्री र प्रदेश सभा (ख) बाट केशव चन्द्र समाल चुनावी प्रतिस्पर्धामा रहेका हुन।

मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधि सभा सदस्यका लागि रतनबहादुर बुढा, प्रदेश सभा (क) बाट पुरा पुन र प्रदेश सभा (ख) बाट लेखन बुढा, नेश्नालिष्ट पिपुल्स पार्टीबाट प्रतिनिधि सभामा बलबहादुर बुढा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यस्तै प्रतिनिधि सभामा चन्द्रराज झाँक्री मगर, प्रदेश सभा (क) बाट सुरुल पुन मगर र दुतकुमार पुन मगर (गुमाने) र प्रदेश सभा (ख) बाट केशव रावल, नरहरि खड्का र पूर्णजंङ सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार