हरप्लेसको अध्यक्षमा सुनिता बि.एम. चयन

हरप्लेसको अध्यक्षमा सुनिता बि.एम. चयन

मुसिकोट । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपालको २२ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार मुसिकोटमा भएको अधिबेशनबाट अध्यक्षमा पुन : सुनिता बि.एम. सर्वसम्मत चयन हुनुभएको छ ।

जसको उपाध्यक्षमा धनराज वि.क., सचिवमा गोकर्ण खड्का, सह-सचिवमा कुलराज थारू र कोषाध्यक्षमा मोतिराम वि.क. सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा महेश केसी, मनिषा केसी, वसन्ती परियार र सिता पुन चयन हुनुभएको हो ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आथित्यता रहेको साधारण सभा तथा अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष दुर्गा बहादुर पुन, प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोती, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारी, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, ओरेक जिल्ला संयोजक दिपा धितालको आथित्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारि, सदस्य, शेर सदस्यहरु, कर्मचारी, पत्रकारको उपस्थिति रहेको थियो ।

हरप्लेसको अध्यक्ष सुनिता बि.एम. को अध्यक्षता सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिब शारदा डाँगी र स्वागत मन्तव्य गोकर्ण खड्काले गर्नुभएको थियो ।

साधारण सभामा आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार