शक्तिको आडमा आचारसंहिता उल्लंघन : स्वतन्त्र उम्मेदवार केसी

शक्तिको आडमा आचारसंहिता उल्लंघन : स्वतन्त्र उम्मेदवार केसी

स्वतन्त्र उम्मेदवार तारक केसी

मुसिकोट । रुकुम पश्चिमको प्रतिनिधि सभाबाट स्वतन्त्र उम्मेदवार तारक केसीले जिल्लामा विभिन्न राजनितिकदलका उम्मेदवारले निर्वाचन आचारसंहिता विरुद्ध गतिविधि गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हुने गरि विधालय भित्र उम्मेद्बाहरुको प्रवेश, विधार्थीहरु संग मत माग्ने, निजामती कर्मचारीहरुको प्रयोग दुरुपयोग, शिक्षकहरु पार्टीको झन्डा सहित दिनरात मत पत्र चिनाउने जस्ता गतिविधि भैहरेको भन्दै उहाँले आपत्ति जाउनुभएको हो ।

सामाजिक संजाल फेसबुक मार्फत उहाँले निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । “आगामी मंसिर ४ मा सम्पन्न हुन गैरहेको निर्वाचनमा म पनि रुकुम पश्चिम बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको अवगत नै छ ।

विगत केही दिन देखि म निर्वाचन अभियानको भेटघाटको क्रममा सदरमुकाम बाहिर रहेको बखत निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हुने गरि विधालय भित्र उम्मेद्बाहरुको प्रवेश, विधार्थीहरु संग मत माग्ने, निजामती कर्मचारीहरुको प्रयोग दुरुपयोग, शिक्षकहरु पार्टीको झन्डा सहित दिनरात मत पत्र चिनाउने प्रशिक्षणमा व्यस्त र निर्वाचन प्रयोजनमा खटिने कर्मचारी व्यबस्थापनमा अत्यन्तै निर्लज्ज र नाङ्गो किसिमका गतिविधिर स्थानिय तहका प्रतिनिधिहरु जिम्मेवारी नै भुलेर दुरुपयोग भैरहेको तर्फ मेरो गम्भीर आपत्ति छ । उहाँले लेख्नुभएको छ ।

कोहि कसैसंग समय परिवेशले राज्य शक्तिको स्रोत साधन र राज्यको जिम्मेवारी होला र छ नै तर निर्वाचनको मैदानमा रहदाका बखत हामी सबै उम्मेदवार मात्र रहेको यतार्थलाई ह्र्दयगम गरि यस्ता अवाञ्छित, कानुन,संविधान निर्वाचन आचारसंहिता र निर्वाचन कानुन प्रतिकुलका गतिविधि नगर्नु आग्रह गर्दछु ।

उहाँले फेसबुकमा लेख्नुभएको छ । नियमन, नियन्त्रण र प्रभावकारी अनुगमन गरि यस्ता गतिविधि तत्काल रोक लगाउन जिल्ला स्थित आम सरोकारवाला निकायलाई पनि उहाँले आग्रह गर्नुभएको छ ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार