भूमेमा नमुना मतदान

भूमेमा नमुना मतदान

रुकुमकोट । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर रुकुम पूर्वको भूमे गाउँपालिकामा नमुना मतदान सम्पन्न गरिएको छ ।

सोमबार गाउँपालिकाको परिसरमा जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वको आयोजनामा नमुना मतदान सम्पन्न गरिएको हो ।

बदर मत कम गर्न र मतदाता शिक्षा प्रदान गर्न नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

नमुना मतदान कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओली, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक नरेन्द्र बुढा मगर, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार