निर्वाचन अवधिभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

निर्वाचन अवधिभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले सोमबारदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सल्यानमा मदिरा बिक्री/वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा जिल्ला प्रशासन कार्यालय सल्यानले प्रतिबन्ध लगाएको हो ।

नेपाल सरकार गृह मन्त्रालय (शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखा) सिंहदरबार काठमाडौंले परिपत्र गरेपछि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सूचना प्रकाशन गरेर रोक लगाएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । मदिरा सेवन तथा बिक्री वितरणका कारण होहल्ला बढी हुने र झगडा पर्ने भएकाले रोक लगाउनु परेको उनले बताए ।

‘सोमबारदेखि कसैले बिक्री वितरण गरेको पाइएमा तथा सेवन गरेर होहल्ला गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ,’ उनले भने ।

मदिरा बिक्री वितरण र सेवन नगर्न उद्योग वाणिज्य संघ तथा जिल्लाका सबै व्यापारीलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी गराए । उनका अनुसार मदिरा बिक्री वितरण तथा सेवन गरे/नगरेको थाहा पाउन केही दिनभित्रै जिल्लाका सबै पालिकामा रहेका पसलहरू अनुगमन गरिनेछ ।

जानकारी गराउँदा पनि सूचनाको बेवास्ता गरी मदिरा बिक्री वितरण र सेवन गरेको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार