प्रसिद्ध डिग्रे मेला (फोटो फिचर)

प्रसिद्ध डिग्रे मेला (फोटो फिचर)

मुसिकोट । हरेक वर्ष हरिवोधनी एकादशी देखि पूर्णिमासम्म लाग्ने रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला आज सम्पन्न भएको छ ।

मुसीकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा अवस्थित डिग्रे शाईकुमारीको मन्दिर परिषरमा भव्य मेला लागेको छ । यस मन्दिरमा वर्षैभरी पुजापाठ तथा बलि दिईन्छ ।

यो वर्ष मन्दिरमा करिब ११ सय बोकाको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेला अवधिमा बिहान सबेरैदेखि साँझ अबेरसम्म पनि मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भिड लाग्ने गरेको छ । एकादशी देखि पूर्णिमासम्मको ५ दिनलाई भने विशेष महत्वका साथ लिने गरिन्छ ।

मन्दिरमा पुजापाठ, दर्शन र बलि दिनाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ ।

मेलामा स्थानीय साँखवासीहरुले लठ्ठीसहित प्रदर्शन गर्ने परम्परा छ । गाउँबाटै बाजागाजा सहित हातमा लठ्ठी बोकेर नाच्दै डिग्रे मेला पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे शाइकुमारी भगवतिको दर्शन गर्दै उनिहरु मन्दिर परिसरमा गएर नाच्ने गर्दछन् । मन्दिर मुनिको प्रांगनबाट उनिहरु पुनः मन्दिरमा पुगि दर्शन गर्दै नाच्ने गर्दछन् ।        ३ पटक तलमाथि गर्दै नाचेपछि यो नाच र मेला समापन भएको मानिन्छ ।

मेला भर्न र मन्दिरको दर्शन गर्न छिमेकी जिल्लाहरु रुकुम पूर्व, सल्यान, रोल्पा, जाजरकोट, दाङ, बाँके, सुर्खेत समेतबाट दर्शनार्थीहरु आउने गर्दछन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार