बैशाख १३ दाङ
दाङको घोराहीमा पहिलाे पटक पीसीआर मार्फत् कोरोना परीक्षण सुरु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि पीसीआर विधिबाट कोरोनाको परीक्षण सुरु गरिएको उपकुलपति डा. संगिता भण्डारीले बताउभु भयाे ।
वैशाख १ गतेदेखि नै सुरु गर्ने भनिए पनि मेसिन आउन ढिला हुँदा प्रयोगशाला स्थापनामा समय लागेको उनले बताइन् । अहिले प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको भण्डारीले जानकारी दिनुभयाे ।
यस्तै पीसीआरमा एकैपटकमा ८० जनासम्मको परीक्षण गर्नसकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने आशा गरिएको छ । प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भए अनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर मेसिन राखिएको हो ।