रुकुम पश्चिममा लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

रुकुम पश्चिममा लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

मुसिकोट । ‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित रुकुम पश्चिममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ। सदरमुकाम मुसिकोटको त्रिबेणी चोकबाट निस्केको एक र्‍याली अन्तरक्रियात्मक सभामा परिणत भएको थियो।

मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुमार पुन, कर्णाली प्रदेशका निबर्तमान सांसद देबि वली, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, जिल्लाका अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताए। मुसिकोट नगरपालिका, महिला पुर्नस्थापना केन्द्र ओरेक रुकुम, महिला मानब अधिकार रक्षक संजाल, हरप्लेस लगायतका सस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यकालागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो। त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ। हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३१ वर्षभइसकेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार