अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द

अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द

पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द गर्न सुरु गरिएको छ । नवलपरासीपूुर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लामा सञ्चालनमा रहेको २१ वटा अवैध क्रसर उद्योगहरु बन्द गर्ने निर्देशन दिइएको र बन्द हुुनेक्रममा रहेका छन् ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका दलदलेमा रहेको नवलपुर क्रसर उद्योग, कावासोतीको केसी ब्रदर्श निर्माण उद्योग, मध्यविन्दुको न्यू मनकामना क्रसर उद्योग लगायतका उद्योगमा विद्युत आपूर्ति बन्द गरिएको छ । थप उद्योगहरुको पनि विद्युत आपूर्ति बन्द गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीपूुर्ब, जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण कावासोतीको टोलीले क्रसर उद्योगमा पुगेर ती उद्योगहरु बन्द गराएका छन् । नवलपरासी पूर्बमा बाग्लुङ्ग कालिका क्रसर उद्योग, मध्यविन्दु क्रसर उद्योग, न्यू महालक्ष्मी रोडा एग्रिगेट इन्ड्रष्टिज, त्रिशक्ति झहरी क्रसर एण्ड स्क्रीन प्लाण्ट उद्योग, त्रिवेणी क्रसर उद्योग, मनकामना क्रसर उद्योग, न्यू मनकामना मिलर प्रोडक्ट, कालिका क्रसर एण्ड नेचुरल स्क्रीन प्लाण्ट, महालक्ष्मी गिटी क्रसिङ्ग स्कीड, मध्यविन्दु क्रसर उद्योगहरु अवैध रुपमा सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरले बताउनुभयो ।

त्यसैगरी मध्यविन्दु क्रसर उद्योग, स्वइच्छा बालुवा प्रशोधन उद्योग, शंकर बालुवा प्रशोधन उद्योग, मैनाघाट बालुवा प्रशोधन उद्योग, बराल बालुवा प्रशोधन उद्योग, आरुङ्ग बालुवा प्रशोधन उद्योग, आरुङ्गखोला बालुवा प्रशोधन उद्योग, शिवम बालुवा प्रशोधन उद्योग, मणी संगम बालुवा प्रशोधन उद्योग र केसी व्रदर्श निर्माण उद्योग गरी २१ वटा क्रसर उद्योगहरु जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार