मुसिकोट नगरपालिकाको पाँच वर्षे आवधिक योजना निर्माण हुँदै

मुसिकोट नगरपालिकाको पाँच वर्षे आवधिक योजना निर्माण हुँदै

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गर्ने लागेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजनाहरु निर्माण गर्ने लागेको हो ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, व्यापार व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गर्ने लागेको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजबाट आवधिक योजना निर्माण गर्नेको लागि पूर्व तयारी कार्यशाला गोष्ठि सञ्चालन गरिएको छ । भोली सम्म सञ्चालन हुने गोष्ठिको हेड लाइट प्रा.लि. काठमाडौंले सहजिकरणको जिम्मा लिएको छ ।

आजको गोष्ष्ठीको सहजिकरण गर्दै नेपाल सरकारका पूर्व सह-सचिव रमेश अधिकारीले विकास र योजनाको संक्षिप्त प्रस्तुतिका साथै मुसिकोट नगरपालिकाको आवधिक योजना निर्माणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको छ ।

भोली सामाजिक विकास क्षेत्रको अवधारणा, मुसिकोट नगरपालिकाको परिकल्पना, लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सवल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु लगायतको बिषयमा छलफल हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।

नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य मिलन खड्का, पूर्व नगर प्रमुख देवीलाल गौतम, पूर्व नगर उपप्रमुख प्रेमकुमारी सुनार, नेपाली कांग्रेस जिल्ला कमिटी उपाध्यक्ष हर्कसिंह खत्री, आठविसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोरख बहादुर केसी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य थलविर ओली, एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष माधव शर्मा, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, वडा अध्यक्षहरु, पूर्व वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । ,

नगर उप-प्रमुख विमलकुमार पुनको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार