चौरजहारी नगरपालिका स्तरीय बालसञ्जाल गठन

चौरजहारी नगरपालिका स्तरीय बालसञ्जाल गठन

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा भएको भेलाले नगर स्तरिय वाल सञ्जाल समिति गठन गरेको छ ।

शुक्रबार नगरपालिकाका १४ वटै वडा स्तरीय बाल क्लवबाट छनोट भइ आएका प्रतिनिधिहरूको भेलाले दिपक डाँगीको अध्यक्षतामा २९ सदस्यीय बाल संजाल गठन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा मेनका नेपाली र रेखा बटाला, सचिवमा जनक ओली, सह-सचिवमा कर्णवीर रोकाय, आचल शर्मा र कोषाध्यक्षमा निरोज जैसी चयन हुनुभएको छ ।

वालवालिकाको हक हित र वालवालिकाको चौतर्फि विकासमा टेवा पु-याउने उद्देश्यले नगर स्तरिय वाल सञ्जाल गठन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै भेलापछि नगरपालिकाले १४ वटै वडाका बाल क्लवहरूलाई क्लवको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न स्टेसनरी सामग्रीहरू समेत प्रदान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार