तीन मुक्तक

तीन मुक्तक

एकान्तमा तड्पि तड्पि रुदो रहेछ जिन्दगी ।
असफल हुँदा एक्लो हुदो रहेछ जिन्दगी ।
सजाएका सपनाहरुको हत्या हुँदा त्यहाँ ,
आसुले नै मुहार धुदो रहेछ जिन्दगी ।।

सन्तुष्टि बिनाको जित यस्तै हो
दुखमा साथ तोड्ने मित यस्तै हो
किस्ता किस्तामा खुशी हरु बटुल्नु पर्छ,
सुख दुख जिन्दगीको रित यस्तै हो ।

गुनको ब्याज सम्म तिर्न नसक्ने गरि रिन लाएछ।
उ हेर त चुहिने छानाले पनि टिन पाएछ।
राजदुतावास मा निवास छ रे अहिले उस्को,
दोबाटोमा मागि हिड्ने भिखारिको पनिदिन आएछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार