भ्रष्टाचार बिरुद्ध ज्ञापनपत्र

भ्रष्टाचार बिरुद्ध ज्ञापनपत्र

मुसिकोट । रुकुम पश्चिमबाट प्रधानमन्त्रीलाई भ्रष्टाचार बिरुद्धका माग राखेर ज्ञापनपत्र बुझाईएको छ । बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम शाखाले बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल मार्फत ज्ञापन पत्र बुझाएको हो ।

शाखा अध्यक्ष कर्णबहादुर बि.क.का अनुसार नागरिक समाजको तर्फबाट विभिन्न १० बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापनपत्रमा भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवद्र्धनमा जोड दिन माग गरिएको छ भने भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरिनुपर्ने र राजनीतिक दलहरुलाई पारदर्शि बनाउने व्यवस्थाको माग गरिएको छ ।

त्यसैगरी सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गर्न, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचार विरुद्धको अयिभानमा अन्तर्राष्ट्रिय सहयोग अभिवद्धि गरिनुपर्ने, नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघिय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गरिनुर्ने माग राखिएको शाखा अध्यक्ष बि.क.ले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास गरिनुपर्ने, भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरिनुपर्ने र राष्ट्रिय सर्तकता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईनुपर्ने माग ज्ञापनपत्रमा राखिएको हो ।

ज्ञापनपत्र बुझेपछि निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले मागहरु अत्यन्त सान्दर्भिक रहेको र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाईने बताउनुभयो ।

उक्त कार्यक्रममा बासका पूर्व केन्द्रिय अध्यक्ष राजु लामिछाने, पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी लगायत बास रुकुम शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार