आठबिसकोट नगरपालिकाको एक बर्षे प्रगति विवरण सार्वजनिक

जनप्रतिनिधिका एक वर्ष

आठबिसकोट नगरपालिकाको एक बर्षे प्रगति विवरण सार्वजनिक

जनप्रतिनिधिका एक वर्ष

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका रबि केसी मेयर र धन कुमारी शाही उपमेयर निर्वाचित हुनुभएको थियो ।

२०७९ जेठ १० गते कार्यप्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा विभिन्न क्षेत्रमा गरेका कामहरुको प्रगति सार्वजनिक गरिएको छ । मेयर केसीका अनुसार कृषि, पशुपालन, उत्पादन रोजगार, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम सुरु गरिएको छ ।

नगर प्रमुख रवि केसीद्वारा जारी प्रेस नोट 

आदरणीय सम्पूर्ण आठविसकोट नगरबासी आमा/वुवा, दाजुभाइ तथा दिदीवहिनीहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछु ! हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको चरणमा रहेका छौँ । सोही अनुसार मिति २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा आठविसकोट नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित घोषणा गरे पश्चात मिति २०७९ जेष्ठ १० गते विधिवत रुपमा पदभार गरी कार्य शुभारम्भ गरेका थियौ ! हामीले कृषि ,पसुपालन , उत्पादन रोजगार, शिक्षा तथा स्वास्थ क्षेत्रलाई प्राथमिकता राखेर हामीले कार्य सुरु गरेका थियौ । तत् पश्चात ३६५ दिन अर्थात १ वर्ष पुरा गरि आज बाट दोस्रो वर्षमा प्रवेश गरेका छौ ! आठविसकोट नगरपालिकामा स्थानीय सरकार प्रदेश सरकार तथा संघीय सरकारको समेत साझेदारीमा भए गरेका उपलब्धिलाई संक्षेपिकरण गरिएको छ ।
१. आर्थिक विकास
– २५ हजार किवीका विरुवा खरिद गरि किसानलाई वितरण गरिएको छ ।
– जनताको बारीमा उत्पदित किवी र सुन्तला किसानको वारीबाट बजारसम्म पुर्याउन ढुवानीको व्यवस्था गरिएको छ ।
– कृषि तथा पशुपंक्षीको तथ्याङ्क संकलन गरिएको छ ।
– आलमण्डाको विरुवा वितरण गरिएको छ ।
– व्यवसायिक युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको छ ।
– अगुवा कृषकहरुलाई भ्रमण र तालिम सञ्चालन गराइएको छ ।
-कृषि मेला तथा कृषि पर्दशनी गराइएको छ ।
– पशुहरुको कृतिम गर्वाधान कार्यक्रम सञ्चालन गरिएको छ ।
– नगरपालिकाबाट सञ्चालित कर्णाली वेवरेज प्रा.लि.का को कोल्ड स्टोर निर्माण, भवन निर्माण, चिलर पलान्ट निर्माण, फुलफुलको जुस प्रशोधन मेसिन खरिद तथा जडान, मिनरल खानेपानी उत्पादनको लागि मेसीन जडान, २०० केभीएको विद्युत ट्रान्समिटर जडान, यसै उद्योगमा उत्पादन भएका मिनरल वाटर र वाइनको बजारिकरण तथा कच्चा पदार्थ ढुवानीको लागि २ वटा ट्रक र २ वटा जीप व्यवस्थापन गरिएको ।
– यस नगरपालिकामा सञ्चालित दुग्ध उद्योगको उत्पादित वस्तुलाई वजारिकरणको लागि १ वटा मिल्क ट्याङ्कर र २ वटा जीप व्यवस्थापन गरिएको छ ।
२. सामाजिक विकास
– श्री शहिद स्मृति दिपज्योती नमूना मा.वि.राडीको लागि विद्यालय वसको व्यवस्थापन गरिएको छ ।
– आधारभूत शिक्षा परीक्षा कक्षा ५ र ८ को नतिजा सुधारउन्मुख रहेको छ ।
– राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन २०७९ सञ्चालन गरिएको छ ।
– डाक्टर पढन् ३ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
– स्थानीय पाठ्यपुस्तको निर्माण गरि प्रयोग गरिएको छ ।
– विद्यालय समायोजन कार्यविधि वनाइ अविभावकका सुझाव संकलन गरी केहि विद्यालयहरुको तह घटाइ बिधालय मर्जको प्रक्रिया अगाडि बढेकोछ।
– उच्च शिक्षाको केन्द्र रहेको राडिज्युला शिक्षा क्याम्पसको भवन निर्माण तथा आवस्यक जग्गा खरिद गरिएको छ !
– नगर अस्पतालमा आवश्यक पुर्वाधार सहित नयाँ सेवा र सुबिधाका साथ अगाडि बढायको !
– आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वर्थिङ् सेन्टर स्थापना गरि सेवासुरु भएकोछ ।
– क्यान्सर पिडित तथा दिर्ग रोगिलाई उपचार वापतको खर्च भुक्तानी गरिएको छ ।
– विपन्न नागरिक औषधि उपचार सिफारिसका लागि १५ जनालाई सिफारिस गरिएको छ ।
– गोतामकोट, घेत्मा र नगर अस्पतालमा किशोरकिशोरी स्वास्थ्य सेवा सुदृढिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
– एक घर एक धारा खानेपानी आयोजनाहरु निर्माणधिन अवस्थामा रहेका छन ।
– १३ ‍औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ् शिल्ड, २०७९ मा जिल्ला प्रथम भइ शिल्ड विजेता भएको छ ।
– १३ औँ राष्ट्रिय राष्ट्रपति रनिङ् शिल्डको सटफुट विधामा यस नगरपालिका खेलाडि नेपाल प्रथम भएका छन ।
– ९ औँ राष्ट्रिय खेलकूल प्रतियोगितामा कर्णाली प्रदेशबाट उत्कृष्ट भइ सहभागी खेलाडिलाई सम्मान गरिएको छ ।

३. पूर्वाधार विकास
– आठविसकोट नगरपालिकाको अति दुर्गम क्षेत्रमा पर्ने वडा नं. १ मा मोटर बाटो पुगेको छ । साथै पहाडा, पाटागाउँ लगाएतका दुर्गम गाउँमा मोटर बाटोको लागि ट्याक खन्ने कार्य चालु अवस्थामा रहेको छ । खदी देखि स्यालासम्म जाड्ने मोटर बाटो र घर्तीगाउँ देखि ८ न. वडा कार्यालय जोड्ने मोटर बाटो निर्माण सम्पन्न हुने अवस्था रहेको छ ।
– राडीज्यूला बजार क्षेत्रका सवै बाटोहरु कालो पत्रेको लागि कार्य आरम्भ भएको छ । रिम्ना चिसापानी राडी हुदै घारीखोलासम्म र राप्ती लोक मार्ग अन्तर्गत नदुवा देखि लिस्ने हुदै झारमारे र गोतामकोटको छेरेबगर देखि नयाँडाँडासम्मको सडकको स्तर उन्नती तथा कालोपत्रेको कार्य सञ्चालनमा रहेको छ ।
-घट्टाखेत देखि सुन्दरपानी हुदै मैडाँडा जाने सडक र खारखारा देखि ढुङ्गिला हुदै सिम्तारा जाने सडक स्तर उन्नतीको क्रममा रहेको छ ।
– सिमबजार राडी जोड्ने मोटर पुल निर्माण, छरेबगर, सालागार, नरखोला र ठूलीभेरीको राडी- मन्मै जोड्ने मोटर पुल निर्माणधिन अवस्थामा रहेका छन ।
– कुसुम खोला, भलखोला, छेपारे, रिगाउरा झो.पु. निर्माणधिन र १ वटा आर सीसी पुल निर्माण भएको छ ।
– राडीज्यूला, मगखोला, चिला, खारखारा, हर्दिगाउँ, तलिभयाउने, पुजाखोला, मुलपानी सिँचाइ आयोजना निर्माण भएको छ ।
– नगरपालिका तथा वडा कार्यालयहरुको केन्द्र तोकि नगरपालिका को प्रशासनीयक भवन र वडा नं. १ र २ को प्रशासनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
– शाईकुमारी, साजेबगर, स्याला, खदी, मिग्री, चौतारा, होली, छिमी, डाँफे, औलीगाउँ, घर्तीगाउँ, सना, हर्दिगाउँ, गोइरी, ठूलीवार्खु, घोरीलाश, घारीखोला, झिन्चौर, गत्तसैना, घाटीगौरा, हम्पा, गाउँवारी, सवारी, बाकेज्यूला, छेपारे, टाकुरा, फर्साचौर लगाएतका विद्यालयमा भवन २ कोठे ४ कोठे र ८ कोठे गरी २७ वटा विद्यालय भवन निर्माण सम्पन्न र केहि निर्माणाधिन अवस्थामा रहेका छन ।
– शहिद स्मृति नमूना मा.वि.राडीको विद्यालयमा घेरबार तथा फिल्ड निर्माणको कार्य सञ्चालन रहेको छ ।
– वडा नं. ४,५,६,११,१३,१४ मा विद्युतिकरणमा जोडिएर बिस्तार कार्य सञ्चालनमा रहेको छ ।
– राडीज्यूलामा नेपाल टेलिकमको 4G टावर र टेकमाइन्ड प्रा.लि.को फाइवर नेट सञ्चालन भएको छ ।
४. वातावरण तथा विपद् व्यवस्थापन
– वडामा रहेका मुहानहरु संरक्षण कार्य अघि वढाइएको छ ।
– राडीज्यूला ढल निकासको काम सञ्चालनमा रहेको छ ।
– गिजागार र भेरी नदिमा तटबन्द कार्यक्रम सञ्चालन रहेको छ ।
– सुरुक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छाना हटाउन ११०० घरघुरीलाई जस्ता पाता वितरण गरिएको छ ।
– सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५ वटा घर निर्माण भएका छन ।
– पुननिर्माण प्राधिकरणबाट घर निर्माणधिन अवस्थामा रहेका छन ।
– नगर अस्पतामा एम्वुलेन्स व्यवस्थापन गरिएको छ ।
५. संस्थागत विकास, सेवा प्रवाह र सुशासन
– जनतालाई असुविधा नहोस भनि प्रत्येक वडा कार्यालयमा गएर एकिकृत सेवा प्रवाह घुम्ति शिविर मार्फत योजना सम्झौता र अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
– शहिद परिवार र गरिब तथा अति विपन्न घर परिवारलाई निशुल्क स्वास्थ्य विमा गराइएको छ ।
– नगर स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
– सवै प्रकारका निर्णय तथा सूचनाहरु नगरपालिकाको वेवसाइट र सूचना पाटीमा टाँस गर्ने गरिएको छ ।
– वडा कार्यालयहरुमा राजश्व संकलन प्रणाली अनलाइन तथा सफ्टवेयर मार्फत गर्ने गरिएको छ ।
– आवधिक योजना निर्माण कार्य थालनी गरिएको छ ।
– जनप्रतिनिधि तथा मेलमिलाप कर्ताहरुको लागि कानुन सम्वन्धि अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
– न्यायिक समितिमा दर्ता हुन आएका जम्मा ४३ वटा विवादहरुमध्ये ३० वटा मेलमिलापको माध्यमबाट मिलापत्र गराइ विवाद किनारा लगाइएको ।
-भुमि बर्गिकरण:- भु उपयोग निति २०७९ बनाइ रास्कोट नगरपालिकाको भुमिको बर्गिकरण गरि सम्बन्धीत निकायमा पेश गरि कार्यन्वयनमा आएको । साथै भुमिहिन दलित ,ससकुम्बासी र अव्यवस्थित बसोबासी हरु लगत संकलन गरिएको छ !
-ऐतिहासिक पर्यटकिय ठाउहरु साइकुमारि , चित्रिपाटन ,झारमारे,छिमी, बिजारे, बन्चरे मैडाडा ,झारमारे सम्पेताल, मालिका , लगायत क्षेत्रहरु बिकासको लागि गुरुयोजना बनाइ अगाडी बढाउने प्रयत्न गरिएको छ !
अन्तमा ,नगरपालिकाले आगामी दिनमा सञ्चालन गर्न लागेका विकासका नीति तथा कार्यक्रमहरुमा सिर्जनात्मक सल्लाह सुझाव तथा कार्यान्वयनमा सहयोग र सहभागिताका लागि सबै नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछु र समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा सबैको योगदानको अपेक्षा समेत गर्दछु । धन्यवाद।

रवि के.सी.
नगर प्रमुख
आठबिसकोट नगरपालिका रुकुम (पश्चिम् )
११ जेठ २०८०

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार