त्रिवेणीमा अन्तर्राष्ट्रिय किवानिस क्लबको शाखा स्थापना

त्रिवेणीमा अन्तर्राष्ट्रिय किवानिस क्लबको शाखा स्थापना

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा स्थापना गरिएको छ । शुक्रबार त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले शाखा कार्यालयको उद्घाटन गर्नुभएको छ ।

उक्त कार्यालय गाउँपालिकाको वडा नम्बर ३ झुल्नेटा बजारबाट सञ्चालन गरिएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा रहेका युवाहरूले काम गर्ने गरी किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा स्थापना गरिएको क्लबका उपाध्यक्ष कृष्णबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार क्लबले पालिका भित्र रहेका बालबालिको क्षेत्रमा काम गर्ने छ ।हालसम्म नेपाल सहित विश्वका ८० देशमा क्लबको शाखा विस्तार गरी बालबालिकाको क्षेत्रमा काम गर्दै आएको उहाँको भनाई छ ।

क्लबका अध्यक्ष बिरबहादुर ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै ३ नम्बर वडा अध्यक्ष दिपेन्द्रकुमार ओली, वडा नम्वर ३ का पूर्व वडा अध्यक्ष मोहन ओली लगाएत क्लबका पदाधिकारीको उपस्थित रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार