५३ जनाको निशुल्क कानको शल्यक्रिया

५३ जनाको निशुल्क कानको शल्यक्रिया

मुसिकोट । रुकुम पश्चिममा कानको निःशुल्क अप्रेशन शिविर सम्पन्न भएको छ । जिल्ला अस्पताल सल्लेमा जेठ २९ गतेदेखि सुरु भएको शिविर शनिबार सम्म सञ्चालन भएको थियो ।

शिविरमा कानको जाली प्वाल परेका ५३ जनाको निशुल्क शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो ।

यसअघि जिल्लाका विभिन्न ठाउँमा संचालन गरिएको कान स्वास्थ्य सेवा शिविरबाट पहिचान भएका व्यक्तिहरुका लागि अप्रेशन शिविर संचालन गरिएको इन्चार्ज केसीले बताउनुभयो ।

नेपाल नेत्रज्योती संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, बि.एन. (ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा सिद्धार्थ अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग, मुसिकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाल नेत्रज्योती संघ जिल्ला शाखा रुकुम पश्चिम तथा आँखा उपचार केन्द्रले शिविर आयोजना गरेको हो ।

शिविर अवधिभर सिनियर कन्सल्टेन्ट हेड एण्ड नेक सर्जन डा. रवि स्वार र डा. शिव रेग्मी सहित १७ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार