रुकुममा आधारभूत पत्रकारिता तालिम सुरु

रुकुममा आधारभूत पत्रकारिता तालिम सुरु

मुसिकोट । रुकुम पश्चिमको मुसिकोटमा बुधबारदेखि तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको आयोजना र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको सहयोगमा तालिम सुरु गरिएको हो । तालिममा जिल्लाभरका २५ जना युवाहरुको सहभागिता रहेको पत्रकार महासंघका सचिव हिरा परियारले जानकारी दिनुभयो । तालिम असार १५ गतेसम्म सञ्चालन हुनेछ ।

तालिमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले नयाँ पत्रकारहरु उत्पादनका लागि आयोजना गरिएको तालिमको उपलब्धिले जिल्ला चिनाउन र पहिचान दिन सफल हुने विश्वास गर्नुभयो । सकारात्मक कुराले सकारात्मक परिणाम दिने भएकोले अरुलाई खुईल्याउने भन्दा रचनात्मक रुपमा कमल चलाउन आवश्यक रहेको उहाँको भनाई छ । तालिमले जिल्लाका विभिन्न सञ्चार माध्यामहरु जोगाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी तालिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले समाजको रुपान्तरण पत्रकारिताबाट पनि हुने भएकोले समाजलाई देखाउने बाटोको रुपमा पत्रकारिता गरिनुपर्ने बताउनुभयो । पत्रकारिता अध्ययन तथा अध्यायापनको बिधा हो भएकोले पनि सधै सिक्ने हुटहुटी रहिरहनुपर्ने उहाँको भनाई रहेको छ ।

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको तालिम उद्घाटन सत्रमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष तथा सल्लाहकार गणेश बिक, त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्री, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष देवकुमार ओली, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द, जिल्लास्थित क्रियाशिल पत्रकारहरु लगायतको आथित्यता रहेको थियो ।

शाखाका सचिव हिरा परियारले सञ्चालन गर्नुभएको तालिम उद्घाटन सत्रमा सह सचिव नाराणण ओलीले सहभागिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार