पौडि खेल्ने क्रममा स्यार्पुतालमा बेपत्ता भएकी बालिकाको शव फेला

पौडि खेल्ने क्रममा स्यार्पुतालमा बेपत्ता भएकी बालिकाको शव फेला

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको स्यार्पुतालमा पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।

मंगलबार स्यार्पुतालमा डुबेर बेपत्ता भएकी बालिकाको शव बुधबार फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार बाँफिकोट गाउँपालिका वडा नम्वर ३ निवासी डिलबहादुर बि.क.की ११ वर्षिय छोरी टिका बि.क.को शव फेला पारेर तालबाट निकालिएको हो । बुधरबार दिउँसा बालिकाको शव फेला परेको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज दिउँसो ३ बजे बालिकाको शव फेला पारेको हो ।

स्यार्पुताल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बि.क. साथीहरुसँग पौडि खेल्न तालमा गएको बेला डुबेर बेपत्ता भएकी थिईनन् । उनीसँग गएका अन्य साथीहरु सकुशल रहेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार