त्रिवेणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषित

त्रिवेणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषित

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । १५ महिना देखी २३ महिनासम्मका सबै बालबालिकालाई खोप लगाइएपछि पालिकालाई आज एक कार्यक्रमका विच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुनका अनुसार गाउँपालिकामा रहेका १५ महिना देखि २३ महिनासम्मका २३४ जना बालबालिकाले सबै खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्का, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, वडा अध्यक्षहरु, महिला स्वास्थ्य स्वयंसेविका लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै पूर्ण खोप सुनिश्चितता तथा तथा दिगोपनालाई कायम राख्नका लागि राजनीतिक दल, स्थानीय तह, स्वास्थ्यकर्मी, उद्योगी, व्यापारी, नागरिक समाज, शिक्षक, विद्यार्थी लगायतले हस्ताक्षर गरेर प्रतिवद्धता समेत जनाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार