उन्नति गर्छु भनेर बाबु सहर गयाै नि
गाउँकाे माया बिर्सियाै बाबु उतैकाे भयाै नि ।
सहर भन्ने जहर जस्तो लाग्याे नि मलाई
सहर बस्दा गाउँकाे बाबू भएन भलाई ।
सहर भित्र दुष्टकाे नजर सुटुक्क लाग्दछ
भनेकाे सुन्थें लाेभ र पाप मुसुक्क हास्दछ ।
इष्ट र मित्र चिन्दैन काेही नादान बन्दछ
राेपर भाला आफन्त जन खाडल खन्दछ ।
घरकी बुढी बिर्सियाै आमा सम्झना रहेन
राेगी छ बाउ ओैषधि गर्ने हेक्का नै रहेन ।
घरकाे बारी बाँझियाे खेत बाँदर चर्दछ
चुहिने भयाे घरकाे छानाे कहिले खस्दछ ?
बुढेस काल साहारा बन्छु सानामा भन्दथ्याै
धनीकी छाेरी बुहारी ल्यायाै किन पाे गन्दथ्याै ?
सानामा तिमी मुटुकाे टुक्रा दुःखले हुर्कायाैं
हुनेछाै ज्ञानी भनेर धेरै हामीले फुर्कायाैं ।
भएछ गल्ती हामीले धेरै सपना देख्याैं कि
सहरी हावा लाग्यो कि बाबुु घर पाे बिर्स्याै कि ?
गुनासो केही रहेन बाबू खुुसीमा रहनू
तिमीले कष्ट भाेगेछाै भने मलाई कहनू ।
तिम्रा नि छाेरा हाेलान् बाबू राम्ररी हुर्काए
असल कर्म बाबुकाे धर्म तिमीले सिकाए ।
गाउँले फाल्लान् मरेछाैं भने तिमीले नरूनू
राेएर बाबू कहिल्यै आँखा आँसुले नधुनू ।
आशीष हाम्राे सदैव तिम्राे साथमा रहाेस
गाथमा तिम्रो ए बाबू राजा ! मंगल रहाेस ।
इज्जत तिम्रो ठूलाे छ बाबु बढेर जाओस
स्वर्गमा पनि आत्माले हाम्राे सन्ताेष पाओस ।
पठाएँ पत्र ए मेराे सानू ! आँसुले लेखेर
पढेछाै भने याे पत्र यसै फाल्दिनु चेतेर ।
रामप्रसाद पन्थी
रेसुङ्गा न.पा.२ गुल्मी
२०८०।०४।२४