रूकुमबाट दाङ जाँदै गरेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रूकुमबाट दाङ जाँदै गरेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

मुसिकोट । रूकुम पश्चिमको नुवाकोटबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको यात्रुबाहक हाइस गाडी दुर्घटनाका घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा रूकुम पश्चिमको सानोभेरी गाउँपालिका ११ का ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका– २ का ३६ वर्षीय ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। तुलसीपुर ल्याइएकामध्ये थप तीन यात्रुको अवस्था गम्भीर छ।

लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै आज दिउँसो तीन बजेतिर दुर्घटनामा परेको हो।

गाडी सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार