सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष पक्राउ

सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष पक्राउ

मुसिकोट । रुकुम पश्चिमको एक सामुदायिक वन उपभोक्ता समुहको रकम हिनामिना गरेको आरोपमा समुुहका अध्यक्ष पक्राउ परेका छन् ।

आठविसकोट नगरपालिका २ पहाडास्थित लालझाडि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ३१ वर्षिय भद्रबहादुर थापालाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

सामुदायिक वनको आर्थिक रकम हिनामिना गरेको तथा प्रमाण नष्ट गरेको आरोपमा थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त डिभिजन प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

यही साउन ४ गते नेपाल प्रहरीको सहयोगमा आठविसकोट नगरपालिकाको तल्लुबगरबाट थापालाई पक्राउ गरिएको हो । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अनुसन्धान अगाडि बढाईएको बताईएको छ ।

थापा बिरुद्ध अनुसन्धानको लागि मंगलबार रुकुम जिल्ला अदालतबाट १२ दिनको अनुमति समेत लिईएको छ ।

डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख परियारले वन ऐन, २०७६ दफा ४९ अनुसार थापा विरुद्ध कारबाहिको प्रक्रिया अगाडि बढाईने बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार