रुकुम पश्चिम कांग्रेस प्रवक्तामा लालबहादुर नियुक्त

रुकुम पश्चिम कांग्रेस प्रवक्तामा लालबहादुर नियुक्त

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको प्रवक्तामा लालबहादुर ओली नियुक्त हुनुभएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) अन्तर्गत नेपाली कांग्रेसको नियमावली २०७६ नियम ६३ बमोजिम तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति रुकुम पश्चिमको २०७९ फागुन ९ गतेको बैठकको निर्णय बमोजिम जिल्ला सदस्य ओलीलाई पार्टि प्रवक्तामा नियुक्त गरिएको जनाइएको छ ।

जिल्ला कार्यसमितिका हरेक गतिविधिहरू पारदर्शी गर्ने उद्देश्यले पार्टीका क्रियाकलाप सार्वजनिक गर्नका लागि ओलीलाई प्रवक्तामा नियुक्त गरिएको सभापति प्रेम प्रकाश ओलीले जानकारी दिनुभयो ।

नवनियुक्त प्रवक्ता ओली नेपाल विद्यार्थी संघ रुकुम पश्चिमको पूर्व अध्यक्ष हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार