केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयलेे जानकारी दिएकाे छ ।
भारतबाट साे गाउँपालिकामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।