जेठ ६ काठमाडौ ।
धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान रहेका छन ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।