भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु

भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु

मुसिकाेट । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्पमा परेर रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन्

जिल्लाको आठविसकोट नगरपालिमा ४२ जना र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो ।

आठविसकोट नगरपालिका वडा नम्वर १४ मा मात्रै भूकम्पको कारण २६ जनाको र वडा नम्वर ११ मा एउटै घरको पाँच जनाको मृत्यु भएको छ । अहिले आठविसकोट र सानीभेरी क्षेत्रमा भूकम्पका घाइते भएका सबैको उद्धार भइसकेको छ ।

यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार