पूर्व युवराज पारस शाहद्वारा भूकम्प प्रभावितलाई सहयोग

पूर्व युवराज पारस शाहद्वारा भूकम्प प्रभावितलाई सहयोग

मुसिकोट । रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई पूर्व युवराज पारस शाहले राहत सामग्रीहरु उपलब्ध गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं समाजसेवि केशवचन्द्र समालको समन्वय र सहकार्यमा आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितलाई राहत उपलब्ध गराएको हो ।

जिल्लाको सानीभेरी गाउँपालिका भूकम्प प्रभावितहरुका लागि पाँच सय थान ब्लाङकेट, बालबालिकाका लागि एक सय ५० थान ज्याकेट र दुई सय कार्टुन पौष्टिक आहार प्रदान गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य केशवचन्द्र समालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सामग्री शाही परिवार नातेदार आदर्शविक्रम राणा जबराले गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै जिल्लाको आठबिसकोट नगरपालिका भूकम्प प्रभावितहरुका लागि सानो ब्लाङकेट ६ सय ५० थान, ज्याकेट चार सय ५० थान र पौष्टिक आहार तीन सय १८ कार्टुन उपलब्ध गराइएको केन्द्रीय सदस्य समालले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार